२०८२ असार ४ गते बुधवार / Jun 18 , 2025 , Wednesday
२०८२ असार ४ गते बुधवार
Ads

रास्वपा केन्द्रीय समिति बैठक शुरु, मुकुललाई कारबाहीसहित पाँच एजेण्डामा छलफल हुँदै

shivam cement
मध्यान्ह
२०८१ भदौ ११ गते १०:४५
रास्वपा केन्द्रीय समिति बैठक शुरु, मुकुललाई कारबाहीसहित पाँच एजेण्डामा छलफल हुँदै

काठमाडौँ  : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को केन्द्रीय समिति बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहानदेखि बैठक शुरु भएको हो । बैठकमा विभिन्न पाँच एजेण्डामा छलफल हुँदैछ ।

बैठकमा मुकुल ढकालमाथि कारबाही गर्ने विषयमा छलफल हुने बताइएको छ । यसअघि पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट हटाइएका ढकालमाथि अनुशासनको कारबाही गरी साधारण सदस्यबाट हटाउने विषयमा बैठकमा छलफल हुनेछ ।

यस्तै, आजको बैठकमा समसामयिक राजनीति, पार्टी गतिविधि, पार्टीको राष्ट्रियदेखि स्थानीय भेला तथा प्रशिक्षणलगायतका एजेण्डामा छलफल गर्न लागिएको हो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise