२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

नाडा अटो शो शुरु 

ADV
मध्यान्ह
२०८१ भदौ ११ गते ११:१५
नाडा अटो शो शुरु 

काठमाडौँ  : नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अटोमोबाइल प्रदर्शनी टाटा ईभी प्रस्तुत नाडा अटो शो २०२४ आजदेखि शुरु भएको छ । शोको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् ।

१६ भदौसम्म सञ्चालन हुने अटो शोमा ५५ ब्रान्डका गाडीहरू प्रदर्शनीमा राखिएको छ । आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भदौ १६ गतेसम्म चल्ने नाडा अटो सोमा ७५ हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

६ दिन सम्म चल्ने शोमा २४ चार–पाङ्ग्रे ब्रान्डहरू, १९ दुई–पाङ्ग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने भएका छन् । यसका साथै ३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन् । र ७ वित्तीय संस्थाहरूले वित्तीय समाधानहरू प्रदान गर्नेछन् । समग्रमा शोमा ९५ प्रदर्शकहरूले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन् ।

प्रदर्शन अवलोकनका लागि खल्ती एपबाट २० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ । पछिल्लो समय विद्युतीय सवारी साधन माग बढेपछि यस वर्ष नाडाले विद्युतीय सवारीसाधनमा जोड दिएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise