काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको । मंगलबार बिहान बसेको बैठकले ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय हो ।
रास्वपाले दुईपटक ढकाललाई स्पष्टीकरण सोधेको थियो । ढकाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिने गरी यसअघि सचिवालय र केन्द्रीय समिति बैठकले पत्र पठाएको थियो ।
ढकालले दुवैपटक जवाफ दिँदा सभापति रवि लामिछानेको नैतिक धरातल नरहेको र उनी ‘ठग’ भएको प्रमाणित गर्नसक्ने पत्र पठाएका थिए ।
अन्तिम पटक ढकाललाई रास्वपाको भदौ ५ गतेको बैठकले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । जवाफमा ढकालले सभापति लामिछानेलाई ‘अपराधी करार गरिछाड्ने’ अडान लिएपछि पार्टीले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो ।