२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

एकीकृत समाजवादीमा १८ पदाधिकारीका लागि ७० जना प्रतिस्पर्धामा

Nada
२०८१ भदौ ११ गते १३:३९
Shares
एकीकृत समाजवादीमा १८ पदाधिकारीका लागि ७० जना प्रतिस्पर्धामा

काठमाडौं : नेकपा एकीकृत समाजवादीको पदाधिकारी तथा पोलिटब्यूरो छान्न आज निर्वाचन हुँदैछ । १८ पदाधिकारीका लागि आकांक्षी धेरै भएर सहमति हुन नसक्दा एकीकृत समाजवादीको पहिलो पूर्ण बैठकमा निर्वाचन हुन गइरहेको हो । १८ सदस्यका लागि ७० जनाको उम्मेदवारी परेको छ ।

ncell

पार्टीको वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छ्न् । वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै पाण्डे निर्विरोध निर्वाचित भएका हुन् । 

महिला उपाध्यक्षमा जयन्ती राई र रामकुमारी झाँक्रीले उम्मेदवारी दिएका छन् । मधेशी क्लस्टरको उपाध्यक्षमा धर्मनाथप्रसाद शाह र रामचन्द्र झाको उम्मेदवारी परेको छ । ४ जना उपाध्यक्ष खुलाको ठाउँमा मा ११ जनाले उम्मेदवरी दिएका छन्  । जसमा ललितबहादुर बस्नेत क्षेत्री, गंगालाल तुलाधार, भानुभक्त जोशी, उर्वादत्त पन्त, साध्यबहादुर भण्डारी, प्रकाश ज्वाला, विजयकुमार पौडेल, केशवलाल श्रेष्ठ, विरोध खतिवडा, जगन्नाथ खतिवडा, बलरामप्रसाद बाँस्कोटाले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

त्यस्तै चार सदस्यीय उपमहासचिवका लागि लक्ष्मण केसी, रामचन्द्र यादव, रामकुमार भट्टराई, महेश रेग्मी, देउमान सम्बाहाङ्फे, नागेन्द्रप्रसाद चौधरी, मेटमणि चौधरी, अम्मरबहादुर थापा, राजेन्द्रकुमार राई, लक्ष्मण पौडेल, शत्रुधन महतो, मदनकुमारी शाह, हरिप्रसाद पराजुली, श्रीप्रसाद साह, जीवनराम श्रेष्ठ, परमानन्द भट्ट, मीना ज्ञवाली, भविसोर पराजुली, गोमा विष्ट, भवानी खड्काको उम्मेदवारी परेको छ ।

दलिततर्फ क्लष्टरमा निरादेवी जैरू, गणेश विश्वकर्मा र कृष्णबहादुर नेपालीले उम्मेदवारी दिएका छन् भने, आदिवासी जनजातितर्फ बलदेव चौधरी, राजन राई, टोकबहादुर तामाङ वाइवाको उम्मेदवारी परेको छ ।

खुलातर्फ श्रीनाथ बराल, प्रेमलकुमार खनाल, कृष्णप्रसाद शर्मा खनाल, धनप्रसाद गौतम, धर्मराज पौडेल, वंशीधर मिश्र, धर्मराज निरौला, शेरबहादुर कुँवर, राजेन्द्रमान श्रेष्ठ, दामोदर अर्याल, शिवप्रसाद भण्डारी, चन्द्रबहादुर शाही, रामेश्वर श्रेष्ठ, सोमप्रसाद पाण्डेय, भाष्कर काफ्ले, सावित्राकुमारी भूसाल, दिलकुमारी पन्त (दिलु) नरेशकुमार शाही, सुधिर साह, दीर्घबहादुर सोडारी, केशवकुमार विष्ट, शेरबहादुर केसी, धनराज आचार्य, रत्नेश्वर गोइत यादव, गुरू बुर्लाकोटी, विदुरप्रसाद सापकोटा र हस्तबहादुर शाहीको उम्मेदवारी परेको छ ।

त्यस्तै १०५ पोलिटब्यूरो सदस्यका लागि दुई सय ४ जनाको उम्मेदवारी परेको एकीकृत समाजवादीको केन्द्रीय निर्वाचतन कमिटीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर