२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

सरकार संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर छ : प्रचण्ड 

Nada
२०८१ भदौ ११ गते १४:२०
Shares
सरकार संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर छ : प्रचण्ड 

काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकार गलत बाटोतिर अग्रसर भएको बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । 

ncell

प्रचण्डले ४० दिनमा सरकारको नियत र गन्तव्यको अवलोकनपछि आफू यो निष्कर्षमा पुगेको बताएका हुन । ‘सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर छ । संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर छ’, उनले भने, ‘जनता भन्दा स्वार्थ समूह अझ माफियाहरुको सेवामा छ ।’

उनले अब रचनात्मक खबरदारीका लागि ढिला गर्न नहुने ठानेर आफू संसदको रोस्टममा खडा भएको बताए ।  

ताजा खबर

सम्बन्धित खबर