२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

वीरगञ्जको घण्टाघरबाट भन्सार छलीका १ करोड ३१ लाखको सामानसहित दुई वटा ट्रक प्रहरी नियन्त्रणमा

Nada
आबिद हुसेन
२०८१ भदौ ११ गते १५:००
Shares
वीरगञ्जको घण्टाघरबाट भन्सार छलीका १ करोड ३१ लाखको सामानसहित दुई वटा ट्रक प्रहरी नियन्त्रणमा

वीरगञ्ज : वीरगञ्जको घण्टाघरबाट भन्सार छली (तस्करी) गरी ल्याइएको १ करोड ३१ लाख मूल्य बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

ncell

कार्यालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आइतबार राति वीरगञ्जको घण्टाघरस्थित सडकबाट दुई वटा मालवाहक ट्रकबाट १ करोड ३१ लाख १५ हजार ६९८ रुपैयाँ मूल्यको कपडा, औषधि तथा खुद्रा सामानहरु बरामद गरिएको जनाएको छ ।

वीरगञ्जबाट पावर हाउस चोकतर्फ जाँदै गरेका प्र.७–०१–००१ ख ३०८८ र ना.३ ख ५१६५ नम्बरको मालबाहक ट्रक रोकेर खानतलासी गर्दा बिलबिजक भन्दा बढी मूल्यको सामान भेटिएपछि सामानसहित दुवै ट्रक नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुंगेलले बताए ।

ताजा खबर

सम्बन्धित खबर