२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

लेखा समिति प्रतिपक्षले पाउनुपर्ने प्रचण्डको दाबी

ADV
मध्यान्ह
२०८१ भदौ ११ गते १५:०३
लेखा समिति प्रतिपक्षले पाउनुपर्ने प्रचण्डको दाबी

काठमाडौँ : प्रमुख प्रतिपक्ष दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को लेखा समिति प्रतिपक्ष दलले पाउनु पर्ने दाबी गरेका गरेका छन् । उनले कांग्रेस-एमालेले उक्त समिति आफैँ राखेर संसदीय परम्परा विपरीत गएको बताए ।
 
प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले राजनीतिक सन्तुलन कायम गर्न लेखा समिति प्रतिपक्षले पाउनुपर्ने तर्क गरे ।

‘संसदीय परम्परामा संसारभरि नै लेखा समितिको सभापति प्रतिपक्षले पाउने गरेको छ । यो एक किसिमको लोकतान्त्रिक सन्तुलन र नियन्त्रण हो । अहिले यो संसद्मा पनि प्रतिपक्षले लेखा समितिको सभापति पाउनुपर्ने हो तर नदिन अनेकथरी कुतर्क गरिँदै छ,’ उनले भने, 

उनले प्रतिपक्षको भूमिका भूमिका खोसेर जनताको आवाज नरोकिने बताए । ‘मेरो च्यालेन्ज भयो, लेखा समिति मात्रै किन ? चाहिन्छ भने प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि तपाईँहरूसँगै राख्नोस्,’ दाहालको आक्रोश थियो, ‘हामीले हिजो केबल एउटा जिम्मेवार नागरिकका रूपमा तपाईँहरूको कुशासनको प्रतिरोध गरेका हौँ, आज पनि हामी त्यो हिम्मत र हौसला राख्छौँ ।’
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise