२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

नेप्सेमा पहिरो 

ADV
मध्यान्ह
२०८१ भदौ ११ गते १५:०८
नेप्सेमा पहिरो 

काठमाडौं– मंगलबार नेप्से परिसूचकमा पहिरो गएको छ । आज शेयर बजार १११.९६ को भारी अंकले ओरालो लागेर २,७८२ को विन्दुमा पुगी बन्द भएको छ  । आज २० कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने एक सय २२३ कम्पनीको शेयर मूल्य घटेको छ । एक कम्पनीकोशेयर मूल्य स्थिर छ । 

यस्तै, बजार घट्दा पनि तीन कम्पनीको शेयर मूल्य भने १० प्रतिशतका दरले बढेको छ । आज विन तारागाँउ रेजेन्सी होटेल, आत्मनिर्भर लघुवित्तको र डोल्टी पावर कम्पनीको शेयर मूल्य १० तशतका दरले बढेको हो । 

यसैगरी आज कारोबार समय भरिमा ३३० कम्पनीको चार करोड ३८ लाख ६८ हजार ९७० कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ६४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६५ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise