२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

खेलाडीको उपचार गर्न दुई लाख सहयोग

ADV
मध्यान्ह
२०८१ भदौ ११ गते १५:३७
खेलाडीको उपचार गर्न दुई लाख सहयोग

तनहुँः तनहुँको म्यादे गाउँपालिका–१ गुणादीस्थित फ्रेण्डसीप युवा क्लबका खेलाडी मन्दिप आलेको उपचारमा सघाउन अमेरिकाबाट रु दुई लाख सहयोग प्राप्त भएको छ । मोटरसाइकल दुर्घटनामा परी घाइते उनको उपचारका लागि आर्थिक अभाव भएपछि सहयोग सङ्कलन अभियान सञ्चालन गरिएकामा अमेरिकाबाट उक्त सहयोग प्राप्त भएको हो । 

मगर सङ्घ अमेरिकाका केन्द्रीय समितिका भाषिक उपाध्यक्ष एवं क्लवका सल्लाहकार गणेश आलेको नेतृत्वमा अमेरिकामा उक्त रकम सङ्कलन गरिएको फ्रेण्डसीप युवा क्लबका अध्यक्ष दुर्गाराज रानाले जानकारी दिए । मगरको उपचारमा आर्थिक अभाव भएपछि क्लबको सक्रियतामा ‘मन्दिप बचाउ अभियान’ सञ्चालन गरिएको छ । 

गत साउन २८ गते बरचौरमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका आलेको आर्थिक अवस्था कमजोर रहेकाले सहयोग जुटाउन थालिएको हो । उनको टाउकोमा गम्भीर चोट लागेको छ । आलेको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको क्लबका सचिव मिलन थापाले जानकारी दिए । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise