२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

टाटाको पन्च इभी नेपाली बजारमा सार्वजनिक

Nada
२०८१ भदौ ११ गते २१:२०
Shares
टाटाको पन्च इभी नेपाली बजारमा सार्वजनिक

काठमाडौं : टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि शुरु भएको १६औं नाडा अटो सो २०२४ मा पन्च इभीको बिक्री शुरु गरेको हो । टाटा पन्च इभी शुरुवाति मूल्य ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । बहुप्रतिक्षित पन्च इभी उत्कृष्ट एक्ट इभीप्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित टाटाको  पहिलो उत्पादनपन्च इभी अत्याधुनिक प्रविधियुक्त छ ।

ncell

१६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्सको साथ पन्च इभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन् । यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ । नेपालको विभिन्न भूभागमा गरेको परीक्षणको अनुसार गाडीले २७० देखि २९० किलोमिटर सम्मको रेञ्ज प्रदान गर्नेछ ।

पन्च इभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको छ । टाटा मोटर्स पेसेन्जर इलेक्ट्रिक मोबिलिटीका चिफ स्ट्राटेजी अफिसर बालाजी राजनको भने, ‘नेपाली बजारमा टियागो इभी र नेक्सन इभीको  सफलता पछि पन्च इभी सार्वजनिक गर्न पाउँदा हामीले अत्यन्त खुसी छौं । भारतमा अत्यन्तै लोकप्रिय टाटा पन्च मासिक रुपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ । हामी पन्च इभीले धेरै भन्दा धेरै नेपाली ग्राहकहरुको पनि मन जित्ने कुरामा हामी पूर्ण विश्वस्त छौं ।’ 

त्यस्तै सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ भने, ‘टाटा मोटर्ससँगको व्यापारिक साझेदारीमा पन्च इभी नेपालमा सार्वजनिक गर्न पाउँदा हामी हर्षित अनि उत्साहित छौं । लामो समय देखि नेपाली बिद्युतीय गाडीको बजारमा नेतृत्वदायी भूमिका निर्वाह गरेको सिप्रदीले पन्च इभीसँगै नेपालीबजारमा फेरी यहि स्थानकायम गर्नेमा हामी विस्वस्त छौं ।

ताजा खबर

सम्बन्धित खबर