२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

नबिल बैंकको विशेष अटो लोन योजना

ADV
मध्यान्ह
२०८१ भदौ ११ गते २१:२३
नबिल बैंकको विशेष अटो लोन योजना

काठमाडौं : नबिल बैंकले नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ ।

भदौ ११ गतेदेखि भदौ १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको अटो मोबाइलको कुम्भमेलाका रुपमा लिइने नाडा अटो शोलाई केन्द्रित गरेर यो योजना ल्याइएको हो। यस योजनाअन्तर्गत, नबिल बैंकले ५ वर्षका लागि ८.२५ प्रतिशत  र ७ वर्षका लागि ८.४९ प्रतिशत स्थिर ब्याजदरको आकर्षक प्रस्ताव ल्याएको छ । 

यसले अटो मोबाइल खरिद गर्न चाहने ग्राहकहरुलाई दीर्घकालसम्म सुलभ र स्थिर वित्तीय सहायता उपलब्ध गराउन मद्दत पुर्‍याउने विश्वास गरिएको छ । ग्राहकहरुको सुविधाका लागि नबिल बैंकले नाडा शोका क्रममा स्टल नम्बर इ–१९ मा छुट्टै सेवा केन्द्र राखेको छ ।

शोमा सहभागी हुने ग्राहकहरुले गाडी छनोट गरी कर्जाको लागि अफर लेटर तुरुन्तै उपलब्ध हुनेछ  । यसका अतिरिक्त, नबिल बैंकले आफ्नाग्राहकहरुलाई आकर्षित गर्न अन्य विभिन्न अफरहरु पनि प्रस्तुत गरेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise