२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

लुम्बिनी प्रदेश चेम्बर अध्यक्षमा दोहोरिए पोखरेल

ADV
मध्यान्ह
२०८१ भदौ ११ गते २१:२५
लुम्बिनी प्रदेश चेम्बर अध्यक्षमा दोहोरिए पोखरेल

काठमाडौं : नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अधिवेशनबाट टंकप्रसाद पोखरेल दोस्रो कार्यकालका लागि चयन भएका छन् । प्रदेशको दोस्रो अधिवेशनबाट पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा, जिल्ला नगरतर्फ उपाध्यक्षमा जेपी कँडेल, वस्तुगततर्फको उपाध्यक्षमा चन्द्रप्रकाश श्रेष्ठ एवम् एसोसिएटतर्फको उपाध्यक्षमा लोकहरि श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । 

यसैगरी महासचिवमा शिव ज्ञवाली, सचिवमा अजय न्यौपाने एवं कोषाध्यक्षमा खिमबहादुर खत्री चयन भएका छन् । लुम्बिनी प्रदेश चेम्बर सदस्यमा युवराज न्यौपाने, जयप्रकाश गुप्ता, कमला पराजुली, सुकदेव बेल्वासे, तेजबहादुर बुढा, नुरुद्दिन साह, मञ्जु भुसाल, यज्ञश्वर श्रेष्ठ, शिल्पा उप्रेती, अशोक श्रेष्ठ, गणेशप्रसाद पोख्रेल, कोषबहादुर गुरुङ र शंकर गौतम चयन भएका छन्  । दोस्रो महाधिवेशनले आगामी ३ वर्षका लागि सर्वसम्मत कार्यसमिति चयन गरेको चेम्बरले जनाएको छ । 

प्रदेश अधिवेशन उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको विकास नभएसम्म आर्थिक समृद्धि हासिल गर्न नसकिने बताए । कृषिको आधुनिकीकरण एवम् युवालाई कृषि पेसामा आकर्षित गर्न राज्यले लगानी गर्नुपर्ने आचार्यको धारणा छ ।

मुलुकमा कृषि र पर्यटन क्षेत्रमार्फत आर्थिक उन्नति हासिल गर्न सकिने मुख्यमन्त्री आचार्यले बताए । कार्यक्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले स्थानीय कृषि उपजको बजारीकरण गर्नुपर्नेमा जोड दिए । आर्थिक विकास र समृद्धिका लागि नीतिगत स्थिरता हुनुपर्ने अध्यक्ष अग्रवालले बताए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise