२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

सीजी मोटर्सद्वारा ४ नयाँ ब्राण्ड सार्वजनिक

ADV
मध्यान्ह
२०८१ भदौ ११ गते २१:२६
सीजी मोटर्सद्वारा ४ नयाँ ब्राण्ड सार्वजनिक

काठमाडौं : नाडा अटो शो २०८१ लाई लक्षित गरि सीजी मोटर्सले नेपाली बजारमा ४ वटा नयाँ ब्राण्ड सार्वजनिक गरेको छ । नेपाली बजारमा विद्युतीय सवारी साधनको बढ्दो माग र ग्राहकहरुको आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै सीजी मोटर्सले ४ विभिन्न नयाँ ब्राण्डहरु सार्वजनिक गरेको हो । नाडा अटो शो शुभारम्भ भएसँगै अर्थमन्त्री विष्णु पौडेलद्वारा उक्त कार्यक्रमको उद्घाटन गरिएको थियो । सीजी मोटर्सले नाडा अटो शो मार्फत नेपाली बजारलाई सुहाउँदो अवतार, एक्सपेङ, रिडारा र हिरो गरी ४ नयाँ ब्राण्ड सार्वजनिक गरेको हो । 

यी ४ नयाँ ब्राण्ड सार्वजनिक भएसँगै सीजी मोटर्सले नेपाली बजारमा बिक्री गर्दै आएको ब्राण्डको संख्या १० पुगेको छ । यसपालीको नाडा अटो शो मा नेटा, एक्सपेङ, अवतार, एइओन, रिडारा र हिरो गरी सीजी मोटर्सका ८ वटा स्टल रहेका छन् । सीजी मोटर्सले नाडा अटो शोमार्फत नै नेपाली बजारमा अवतार सार्वजनिक गरेको छ । अवतारको अवतार ११ मोडल नाडा अटो शो मार्फत् सार्वजनिक भएको हो । अवतार विश्वप्रसिद्ध सवारी साधन उत्पादक कम्पनी चांगन, टेक्नोलोजीमा अग्रणी कम्पनी हुवावे र उत्कृष्ट ब्याट्री उत्पादक कम्पनी सिएटीएलको साझेदारीमा उत्पादन भएको ब्राण्ड हो । 

अवतार ११ प्रिमियम सेग्मेन्टमा पर्ने लक्जरीयस र फ्युचुरीस्टिक एसयुभी हो भने उक्त गाडी एक फुल चार्जमा ६८० किलोमिटरसम कुद्न सक्ने क्षमता राख्दछ । अवतार ११मा १ सय ९० किलोवाटको मोटर जडित छ भने ९० किलोवाट आवर र १ सय १६ किलोवाट आवरको ब्याट्री गरी नेपाली बजारमा २ भेरियन्टमा उपलब्ध हुनेछ । इच्छुक ग्राहकहरुले नाडा अटो शो को स्टल नम्बर एच ज्ञघ मार्फत थप जानकारी पाउन सक्नेछन् । नाडा अटो शो को स्टल नम्बर जी१२ मा मा रहेको एक्सपेङ सीजी मोटर्सले सार्वजनिक गरेको अर्को ब्राण्ड हो । 

एक्सपेङ को जी ६ मोडल प्रिमियम सेग्मेन्टमा पर्छ भने उक्त गाडीले एक फुल चार्जमा ४३५ किलोमिटरको रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी रहेको छ । १ सय ९० किलोवाटको मोटर र ६६ किलोवाटको ब्याट्री रहेको एक्सपेङ जी ६ ले २ सय ५१ किलोवाट सम्मको डिसि फास्ट चार्ज सपोर्ट गर्छ भने १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न मात्रै २० मिनेट लाग्नेछ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise