२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

एकीकृत समाजवादी निर्वाचन : पदाधिकारीको मतगणना आजैबाट, २२ केन्द्रीय सदस्य मतदानमा अनुपस्थित

ADV
मध्यान्ह
२०८१ भदौ ११ गते २२:५४
एकीकृत समाजवादी निर्वाचन : पदाधिकारीको मतगणना आजैबाट, २२ केन्द्रीय सदस्य मतदानमा अनुपस्थित

काठमाडौं : नेकपा एकीकृत समाजवादीका पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्न भएको मतदान सकिएको छ । मतदानमा ३ सय २२ मत खसेको छ । ३ सय ४४ केन्द्रीय सदस्य रहेकोमा २२ जना केन्द्रीय सदस्यहरु अनुपस्थित भएका छन् । गत असार १६ देखि २१ मा भएको अधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत गरेको थियो भने बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्न आज मतदान भएको हो ।

पदाधिकारीको मतगणना आजै रातिबाट सुरु भएको छ भने पोलिटब्युरो सदस्यको भोलि गठना हुने निर्वाचन समितिले जनाइएको छ ।

मतदानमा छुट्टा छुट्टै ‘चीट’ लिक, नेपालको लिस्टमा झाँक्रीको नाम हरायो

एकीकृत समाजवादीका पदाधिकारी र पोलिटव्युरो सदस्यको निर्वाचनमा  छुट्टा छुट्टै चिट बाँडिएको भेटिएको छ । मतदान भइरहेका बेला जिताउनुपर्ने व्यक्ति भन्दै छुट्टाछुट्टै  लिस्ट बाँडिएको पाइएको हो । सो लिष्ट पदाधिकारीको हकमा मात्रै भेटिएको हो । फरक-फरक चिट बाँडिएपछि मतदाता अलमलमा परेका थिए ।

अध्यक्ष माधवकुमार नेपाल पक्षबाट जिताउनुपर्ने भनेर बाँडिएको लिस्टमा महिला उपाध्यक्षकी उम्मेद्वार रामकुमारी झाँक्रीको नाम छैन । महिला उपाध्यक्षमा जयन्ती राईको नाम समावेश गरिएको छ । उता उपाध्यक्षका उम्मेद्वार पूर्वउपमहासचिवमध्येका डा. विजय पौडेकलको नाम पनि समावेश छैन भने बाँकी ३ जना पूर्वउपमहासचिवहरुलाई उपाध्यक्ष पदमा समावेश गरिएको छ । 

नेपाल पक्षबाट बाँडिएको लिष्टको उपमहासचिवहरुमा डा.गंगालाल तुलाधर,पकाश ज्वाला,जगन्नाथ खतिवडा,केशवलाल श्रेष्ठ र मधेशी तर्फबाट रामचन्द्र झा को नाम समावेश गरेको छ । 

यस्तै सचिवमा सावित्रा भुसाल,दिलकुमारी पन्त, श्रीनाथ बराल, सोमप्रसाद पाण्डे, शेरबहादुर कुँवर, टोकवहादुर वाईवा (जनजाति) र गणेश विक (दलित) केही नेताले सच्याएर अर्को लिस्ट पनि बाँडेको र त्यसमा झाँक्रीको नाम राखिएको पनि बुझिएको छ । 

माधव नेपाल पक्षका मतदाता धेरै भएकाले उम्मेदवारले आफूलाई पायक पर्नेगरी लिस्ट बाँडेको समेत बताइएको छ । नेपाल पक्षबाट उपमहासचिवमा राजेन्द्रकुमार राई, लक्ष्मण केसी, रामचन्द्र यादव र रामकुमार भट्टराईलाई आधिकारिक उम्मेदवार बनाइएको छ । उनीहरुको नाम सबै लिस्टमा छ । अर्को लिस्टको उपमहासचिवमा विरोध खतिवडा र भानुभक्त जोशिको नाम समावेश छ भने उपमहासचिवमा मेटमणी चौधरीको नाम जोडिएको छ । सविचको अर्को लिस्टमा दिलकुमारी पन्तको ठाउँमा चन्द्रबहादुर शाहीको नाम समावेश भएको चिट बाँडिएको छ । 

नेपाल झाँक्रीको सम्बन्ध

नेकपा एमालेबाट विद्रोह गरी पार्टी निर्माण गर्ने सन्दर्भमा नेतृत्वदायी भूमिका खेलेकी रामकुमारी झाँक्री र समाजवादीका अध्यक्ष माधव नेपालबीच सम्बन्ध त्यति राम्रो छैन । 

उनी पार्टीमा आफूलाई दिइएको भूमिकालाई लिएर लामो समयदेखि असन्तुष्ट छिन् । तत्कालीन पदाधिकारीसँको कार्यशैली र व्यवहारप्रति असन्तुष्ट जनाउँदै आएकी युवा नेतृ झाँक्रीले आफूसमेत सम्मिलित सचिवालयलाई स्वार्थ समूह भन्दै आएकी थिइन् ।  जयन्ती यसअगाडि पनि महिला उपाध्यक्ष थिइन् भने  झाँक्री सचिव थिइन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise