२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

एकीकृत समाजवादीको पदाधिकारीमा को-को भए निर्वाचित ?

ADV
मध्यान्ह
२०८१ भदौ १२ गते ०७:३६
एकीकृत समाजवादीको पदाधिकारीमा को-को भए निर्वाचित ?

काठमाडौं : नेकपा एकीकृत समाजवादीमा पदाधिकारीका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ ।

मतपरिणामअनुसार महिला उपाध्यक्षतर्फ जयन्ती राई, मधेसीतर्फ धर्मनाथ साह, खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नथा खतिवडा निर्वाचित भएका छन् ।

उपमहासिवमा रामकुमार भट्टराई, मेटमणि चौधरी, राजेन्द्र राई र गरिमा शाह निर्वाचित भए ।

सचिवमा दलितबाट गणेशबहादुर विश्वकर्मा, आदिवासी जनजातिबाट बलदेव चौधरी, खुलाबाट शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोप्रसाद पाण्डे, सावित्रा कुमारी भुसाल र श्रीनाथ बराल निर्वाचित भएका छन् ।

मंगलबार भएको निर्वाचनमा १७ पदका लागि ६७ जना प्रतिस्पर्धामा थिए ।

वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्वाचित भएका छन् । उनीविरूद्ध घनेन्द्र बस्नेतले उमेदवारी दिएका थिए । बस्नेतले वरिष्ठ नेता बनाउने आश्वासन पाएपछि उमेदवारी फिर्ता लिएर पाण्डे सर्वसम्मत भए ।

गत असार १६ देखि २० गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा भएको दशौं महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाल सर्वसम्मत भएका थिए । बाँकी पदाधिकारी चयन हुन बाँकी थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise