२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सुनको मूल्य तोलामा आठ सयले बढ्यो

ADV
मध्यान्ह
२०८१ भदौ १२ गते ११:४२
सुनको मूल्य तोलामा आठ सयले बढ्यो

काठमाडौं : स्थानीय बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । आज निर्धारण भएको मूल्यका आधारमा सुन हालसम्मकै महँगो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबारको तुलनामा आज छापावाला सुन तोलामा रु आठ सयले वृद्धि भइ नयाँ कीर्तिमान कायम गरेको छ ।  मंगलबार प्रतितोला रु एक लाख ५२ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५३ हजार एक सय मूल्य निर्धारण गरिएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले वृद्धि भएको छ । मंगलबार प्रतितोला रु एक हजार आठ सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार आठ सय ५५ निर्धारण गरिएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise