२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

संसदमा योगेश भट्टराईले बोलेको ‘हिंसा’ शब्दले एमाले र माओवादीबीच भनाभन 

Nada
२०८१ भदौ १२ गते १४:५७
Shares
संसदमा योगेश भट्टराईले बोलेको ‘हिंसा’ शब्दले एमाले र माओवादीबीच भनाभन 

काठमाडौं । एमाले सचिव तथा सांसद योगेश भट्टराईले ‘माओवादी १० वर्षे हिंसा’ भनेपछि माओवादी सांसदहरूले आपत्ति जनाएका छन् । 

ncell

डेडिकेटेड र ट्रङ्क लाइनको विवादमा बोलेका भट्टराईले देशमा माओवादी हिंसा १० वर्ष नभएको भए नेपालको विद्युतमा यो भन्दा ठूलो क्रान्ति हुने बताएका थिए । उनले भने, ‘माओवादीले कतिवटा ट्रान्समिसन लाइन पड्कायो, कतिवटा सबस्टेशन पड्कायो । विद्युत उत्पादन गर्न गएका कति व्यवसायीहरुलाई चन्दा मागेर भगायो ।’

उनले अगाडि भने, ‘१० वर्ष हिंसा नभएको भए २०७५ होइन, ०६५ मा लोडसेडिङ अन्त्य हुन्थ्यो ।’ त्यसपछि माओवादी सांसदहरुले आपत्ति जनाए । सभामुखले समय दिएपछि बोलेका माओवादी सचिव देवेन्द्र पौडेलले यस्ता शब्द प्रयोग गरेर शान्ति प्रक्रिया तलमाथि गर्न नमिल्ने बताए । 

भट्टराई बोल्दाबोल्दै माओवादी सांसद माधव सापकोटाले नियमापत्ति जनाएका थिए । त्यसपछि ‘हिंसै हो, हिंसा हो, हिंसा हो’ भन्ने अभिव्यक्ती भट्टराईले दिएका थिए । सभामुखले समय दिएपछि फेरि बोलेका भट्टराईले माओवादीको हिंसालाई दोहोर्‍याए ।

सभामुख  देवराज घिमिरेले हिंसा शब्दको छानबिन गरेर निर्णय लिने अधिकार सचिवालयलाई दिइएका छन्  । माओवादी सांसदहरूले हिंसा शव्द हटाउन माग गरेका छन् । 

ताजा खबर

सम्बन्धित खबर