२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिबाट मात्रै राजनीतिक स्थायित्व सम्भव छ : केसी

ADV
मध्यान्ह
२०८१ भदौ १२ गते १५:४५
निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिबाट मात्रै राजनीतिक स्थायित्व सम्भव छ : केसी

काठमाडौँ : नेपाली कांग्रेसका सांसद अर्जुननरसिहं केसीले निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिबाट मात्रै राजनीतिक स्थायित्व सम्भव भएको र नेपालका लागि यस्तो व्यवस्था नै उपयुक्त भएको बताएका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद केसीले गठबन्धनको भरमा सरकार टिकाउने चिन्ता पनि हटने धारणा राखे । “संवैधानिक राष्ट्रपति र निर्वाचित प्रधानमन्त्रीले मात्रै स्थायित्व दिनसक्छ”, उनले भने, “हरेक प्रदेशमा तीन-चार चोटि सरकार परिवर्तन हुने अवस्था आयो ।”

एउटा गठबन्धनमा रहेर सरकार जाला कि भन्ने चिन्ताबाट उन्मुक्ति पाउन पनि निर्वाचित प्रधानमन्त्री सबैभन्दा उपयुक्त हुने उनको कथन छ । सांसद केसीले संविधान संशोधनीय भएको तर संशोधन केमा गर्ने भन्ने कुरा व्यापक सहमतिबाटै गर्नुपर्ने बताए । 

समावेशी चरित्रलाई कुनै पनि किसिमको असर नपर्नेगरी संशोधन गर्नुपर्नेमा उनले जोड दिए । उनले सरकार सुशासनको पक्षमा छ भने भ्रष्टाचारमा हदम्याद थप्ने विधेयक तत्काल फिर्ता गर्नुपर्ने माग राखे । त्यस्तै देश निरन्तर अराजकता, विद्रोहतिर उन्मुख भएकामा ध्यानाकर्षण गराउँदै प्रविधिमा हुर्किएका युवाको आक्रोश सम्बोधन गर्नु राज्यको पहिलो दायित्व रहेको बताए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise