२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सभामुखद्वारा प्रमाणित

Nada
२०८१ भदौ १२ गते १६:५७
Shares
संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सभामुखद्वारा प्रमाणित

काठमाडौँ : सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रमाणित गरेका छन् । 

ncell

सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार उनले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ प्रमाणित गरेका हुन् ।  

सो विधेयक सङ्घीय संसद्का दुवै सदनबट पारित भइसकेको छ । गत साउन ३० मा प्रतिनिधिसभाबाट पारित भएको विधेयक यही भदौ ६ गते राष्ट्रियसभाले पारित गरेको थियो । 

सभामुखले प्रमाणित गरेको यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको मान्यता पाउने व्यवस्था छ । 

ताजा खबर

सम्बन्धित खबर