२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

नेकपा एस छाडेका नेताहरू भोलिपल्टै एमाले प्रवेश

shivam cement
२०८१ भदौ १२ गते १७:३०
Shares
नेकपा एस छाडेका नेताहरू भोलिपल्टै एमाले प्रवेश

काठमाडौँ : नेकपा एकीकृत समाजवादी काठमाडौँका नेताहरू एमालेमै फर्किएका छन् । जिल्ला कमिटी उपाध्यक्ष बटुकृष्ण थापा र सचिव धुर्वराज न्यौपानेलगायतका नेता-कार्यकर्ता नेकपा एस छाडेको भोलिपल्टै एमालेमै फर्किएका हुन् ।

केन्द्रीय पदाधिकारी र पोलिटव्युरो सदस्यहरूको निर्वाचन भइरहेका बेला उनीहरूले हिजो पार्टी परित्याग गरेका थिए । नेकपा एस परित्याग गर्नेहरूमा काठमाडौं क्षेत्र नम्बर ७ का संयोजक तथा युवा फाँट इन्चार्ज हरिशरण घिमिरे, जिल्ला कमिटी सचिव तथा तारकेश्वर नगर कमिटी सचिव शिवहरि देवकोटा, कीर्तिपुर नगर कमिटी अध्यक्षरोहित महर्जन,सचिव गृश्म महर्जन, उपसचिव नारायणहरी थापा,जिल्ला सचिवालय सदस्य सुशीला खतिवडा, राजकुमार महर्जन, विजय देवकोटालगायत छन् ।

त्यस्तै बुढानीलकण्ठ नगर कमिटी उपाध्यक्ष विष्णु भट्टराई, सचिव विमल लामा, युवा संघ केन्द्रीय सदस्य रामशरण सापकोटा, जिल्ला सचिवालय सदस्य अशोक युवा संघ बुढानीलकण्ठ अध्यक्ष आकाश श्रेष्ठ, भानु रिजाल, केन्द्रीय सदस्य मेघ कुमार न्यौपाने, दीपेश थापा, कृष्णहरी खड्का, कीर्तिपुर नगर कमिटी नेकपा एसका उपसचिव नारायणहरी थापा, महिला संघ जिल्ला उपाध्यक्ष पुष्पा थापालगायत छन् ।

काठमाडौं क्षेत्र नम्बर ९ का संयोजक तोरण थापा, चन्द्रागिरि नगर अध्यक्ष प्रदीप रिजाल, काठमाडौं क्षेत्र नम्बर १० (ख)को प्रदेश संयोजक तथा जिक सदस्य राजाराम कार्की पनि एमालेमा भित्रिएका छन् । 

ताजा खबर

सम्बन्धित खबर