२०८३ कार्तिक १९ गते बिहिवार / Nov 05 , 2026 , Thursday
२०८३ कार्तिक १९ गते बिहिवार

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्वाचित

Nada
२०८१ भदौ १२ गते २१:११
Shares
अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौं : अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी) नेपाल राष्ट्रिय समितिको विशेष साधारण सभाबाट राजेशकाजी श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । सन् १९१९ मा फ्रान्सको पेरिसमा स्थापित विश्वका व्यवसायीहरुको सर्वोच्च संस्था र १७० देशका करिब चार लाख ५० हजार सदस्य भएको सो संस्थाको नेपालको राष्ट्रिय समितिमा श्रेष्ठ अध्यक्ष भएका हुन् ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नेपालमा व्यावसायिक वातावरण निर्माणका लागि आईसीसीले सरकार, रोजगारदाता, बैंक र वित्तीय क्षेत्र, एवं कानुन निर्माता एवं विभिन्न व्यावसायिक संघहरुसित मिलेर समन्वयात्मक ढंगमा कार्य गर्ने बताए । उनले आईसीसी लगायत विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरुको ध्यान नेपालमा लगानी प्रवद्र्धन गर्न तथा नेपालबाट निर्यात प्रवद्र्धनका साथै पर्यटन प्रवद्र्धन गर्न, देशभित्र र बाहिर परिआउने व्यावसायिक विवादहरुको मध्यस्थताका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । 

सबैका लागि शान्ति, समृद्धि र अवसरलाई बढवा दिन खुला अन्तर्राष्ट्रिय व्यापार र लगानी प्रणालीलाई बढवा दिएर हरेक दिन हरेक व्यवसाय र हरेक क्षेत्रका व्यवसायका लागि कार्य गर्नु आईसीसीको मुख्य उद्देश्य रहेको श्रेष्ठको भनाइ छ । आईसीसी नेपालको निवर्तमान अध्यक्षमा सुरेन्द्रवीर मालाकार छन् भने वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा, संघ–संस्थातर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, लिमिटेड कम्पनीहरुको तर्फबाट उपाध्यक्षमा गणेश कार्की, बैकिङ क्षेत्रको उपाध्यक्षमा सुनिल केसी, बीमा क्षेत्रको उपाध्यक्षमा चंकी क्षेत्री, एशोसियट कम्पनीहरुको तर्फबाट उपाध्यक्षमा राजेन्द्र अर्याल, पदेन उपाध्यक्षमा राजेन्द्र मल्ल, मानार्थ उपाध्यक्षमा लाक्पा सोनाम शेर्पा छन् । 

यसैगरी, महासचिवमा नरेश श्रेष्ठ, कोषाध्यक्षमा कुशप्रसाद मल्ली तथा सचिवमा रामशरण भण्डारी र रेखा घिमिरे निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा ज्ञानेन्द्र ढुंगाना, अशोक शेरचन, अशोक अग्रवाल, मीनबहादुर गुरुङ, अर्जुन शर्मा, सुदेश खालिङ, रमेश शर्मा, सुदर्शन चापागाईं, सञ्जय अग्रवाल, उर्मिला श्रेष्ठ, सुुसन कर्माचार्य, देशबन्धु बस्नेत, पवित्रकुमार कार्की, रविचन्द्र सिंह, विजय श्रेष्ठ, त्रिभुवनधर तुलाधर, सुजन श्रेष्ठ, विप्लव पौडेल, दीपक कुमार श्रेष्ठ तथा पोषकराज पौडेल निर्वाचित भएका छन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर