२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

लागुऔषधसहित एक जना पक्राउ

ADV
मनु यादव निरज
२०८१ भदौ १२ गते २१:३६
लागुऔषधसहित एक जना पक्राउ

सिरहा : प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सिरहा मिचैया नगरपालिका वडा नं.६ मटिअर्वा टोल बस्ने वर्ष २५ का सुरेश यादवलाई लागुऔषधसहित पक्राउ गरिएको हो । 

उनले आफ्नै काकाको घरको कोठामा लागुऔषध बिक्री वितरण गरिरहेको खुलेको छ । 

भन्ने गोप्य सूचना प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय मिर्चेया, सिरहाबाट प्रहरी टोली खटिइ यादवको खानतलासी गर्दा पाइन्ट डाइमण्ड कम्पनीको एरियल भएको मोबाईल थान–१, नगद ८ हजार, र घरभित्र लुकाई छिपाई राखेको  कोडिविल ६५ थान बोतल, कोडिविलको खाली बोतल ७० थान, निट्रभेट १० ट्याबलेट २ पताको ३० पिस,  स्यामपेक्स ३ पता २७ पिस बरामद गरिएको छ । 

यादवलाई इलाका प्रहरी कार्यालय मिर्चया, सिरहाबाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise