२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

एकीकृत समाजवादीका पदाधिकारी र पोलिटब्युरो सदस्यको शपथ आज

ADV
मध्यान्ह
२०८१ भदौ १३ गते १०:२५
एकीकृत समाजवादीका पदाधिकारी र पोलिटब्युरो सदस्यको शपथ आज

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित पदाधिकारी र पोलिटब्युरो सदस्यहरूको आज शपथ ग्रहण हुँदैछ । शपथलगत्तै केन्द्रीय कमिटी बैठक बस्ने एकीकृत समाजवादीले जनाएको छ ।

अहिले बिहान ११ बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा भेला हुन पार्टी पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरूलाई भनिएको छ ।

उपाध्यक्ष जगन्नाथ खतिवडाले बैठकमा नेताहरूको जिम्मेवारी बाँडफाँट र पार्टीको आगामी योजनाबारे छलफल गर्ने तयारी रहेको बताएका छन् । खासगरी पदाधिकारी र पोलिटब्युरोमा चुनावी प्रतिस्पर्धा गरेका तर पराजित भएकाहरूलाई व्यवस्थापनको विषयमा छलफल हुने बताइएको छ ।

साथै, नवनिर्वाचित पदाधिकारी र पोलिटव्युरो सदस्यहरूलाई शपथ ग्रहणपछि बस्ने बैठकमा नेताहरूको योगदानका आधारमा जिम्मेवारी तोक्ने र पार्टीका आगामी योजना तथा कार्यक्रमबारे छलफल गर्ने तयारी छ । बैठकमा एकीकृत समाजवादीले केन्द्रीय कमिटीका सबै सदस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise