२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

मन्त्रिपरिषद् बैठक बस्दै, मुख्य सचिव नियुक्तिको तयारी

ADV
मध्यान्ह
२०८१ भदौ १३ गते ११:५८
मन्त्रिपरिषद् बैठक बस्दै, मुख्य सचिव नियुक्तिको तयारी

काठमाडौँ : मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज साँझ ५ बजे बैठक बोलाइएको हो ।

हालकी मुख्य सचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण यही भदौ १५ गते अनिवार्य अवकाशमा जान लागेकाले नयाँ मुख्य सचिव नियुक्तिको तयारी गरिएको हो । गड्तौला १० साउनमा मुख्य सचिव नियुक्त भएकी थिइन् । उनी नेपालको पहिलो महिला मुख्य सचिव हुन् ।

छोटो अवधिका कारण गडतौलाको नियुक्तिले कसैलाई पनि असर गरेन । निजामतीमा यौटा रेकर्ड नै कायम हुने भएकोले पनि उनीभन्दा स्वभाविक रूपमा रोल क्रममा अगाडी रहेका सचिवहरूसमेतले खासै विरोध गरेनन् । यद्यपि यसरी रोलक्रम मिचिनेमा गडतौला पहिलो मुख्य सचिव भने होइनन् । 

गडतौलाको अवकाश हुने समय हुँदै गर्दा अब बन्ने मुख्य सचिव को भन्ने विषयमा भने निकै धेरै चाँसो देखिन्छ । ज्येष्ठतासँगै निर्णायक क्षमतासमेतलाई आधार बनाई राजनीति तथा कर्मचारी वृत्तमा चर्चा परिचर्चा भई रहेको छ । जसमध्ये एकनारायण अर्याल, दिनेश भट्टराई र डा. तोयनारायण ज्ञवालीलाई मुख्य दाबेदारका रूपमा लिइएको छ । 


 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise