२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

आगामी प्रधानमन्त्री शेरबहादुरजी हो, म त्यो लाइनमा छैन : आरजु राणा

ADV
मध्यान्ह
२०८१ भदौ १३ गते १२:३६
आगामी प्रधानमन्त्री शेरबहादुरजी हो, म त्यो लाइनमा छैन : आरजु राणा

काठमाडौँ : परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफू प्रधानमन्त्रीको लाइनमा नभएको बताएकी छन् ।  आज धनगढीमा आयोजित पत्रकार भेटघाटमा उनले अबको प्रधानमन्त्री शेरबहादुर देउवा भएको बताउदै आरजु सम्भावित प्रधानमन्त्री भन्ने हल्लालाई ‘राम्रो कल्पना’ भनेर टिप्पणी गरिन् ।

हालै प्रधानमन्त्री केपी शर्मा ओलीले महिला प्रधानमन्त्री बनाउन चाहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री ओलीको भनाइलाई कतिपयले आरजुलक्षित ठानेका थिए ।

धनगढीमा आज पत्रकारहरूले पनि यही विषयमा जिज्ञासा राखिएको थियो । त्यसको जवाफ दिने क्रममा आरजुले भनिन्, ‘प्रधानमन्त्री बन्न पहिले संसदीय दलको नेता बन्नुपर्छ । बाहिरबाट हेर्दा एउटा देखिएला तर, पार्टीभित्रै मेरो हैसियत कति छ मलाई थाहा छ । राम्रो कल्पना हो ।’

प्रधानमन्त्री ओलीले महिला प्रधानमन्त्री बन्ने भनेर बोलेकोमा उनले धन्यवाद समेत दिइन् । यद्यपि प्रधानमन्त्री ओलीको भनाइ आफूप्रति लक्षित नभएको जस्तो लागेको राणाले बताइन् ।
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise