२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

नाबालिकाहरूलाई यौनधन्दामा लगाउने गेष्टहाउसका सञ्चालक पक्राउ

draupadi film
मध्यान्ह
२०८१ भदौ १३ गते १२:४५
नाबालिकाहरूलाई यौनधन्दामा लगाउने गेष्टहाउसका सञ्चालक पक्राउ

काठमाडौंः नाबालिकाहरुलाई यौनधन्दामा लगाएको अभियोगमा २ जना गेष्टहाउस सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित कमलामाई खाजाघर एण्ड गेस्ट हाउसका संचालक रामेछाप घर भएका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुली कमला माई नगरपालिका–४ घर भएका ४२ वर्षीय राजु साही रहेका छन् । 

खड्गी समेतले सञ्चालन गरेको उक्त गेष्टहाउसमा बालिकाहरूलाई यौनधन्दामा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले गेष्टहाउसबाट ५ जना बालिकाहरूलाई उद्दार समेत गरेको छ । 

उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise