२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

प्युठानमा १५ वर्षीया किशोरी बलात्कृत

ADV
मध्यान्ह
२०८१ भदौ १३ गते १३:१२
प्युठानमा १५ वर्षीया किशोरी बलात्कृत

प्युठानः प्युठानमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा सुनिल स्मृति गाउँपालिका–४ कोईरालखर्क बस्ने २१ वर्षीय सरोज विकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

सरोजले ती किशोरीलाई स्वर्गद्वारी नगरपालिका-२ हाम्जास्थित धौलागिरी सामुदायिक वनमा गत साउन ७ गते साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट खाल र जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise