२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

महामन्त्रीद्वयको प्रतिवेदनमा जुटेन सहमति, देउवाले बोलाए पदाधिकारी बैठक

ADV
मध्यान्ह
२०८१ भदौ १३ गते १३:४५
महामन्त्रीद्वयको प्रतिवेदनमा जुटेन सहमति, देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।

शनिबार बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको छ । १६ भदौमा बस्ने केन्द्रीय समिति अघि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति खोज्न देउवाले शीर्ष नेताको बैठक बोलाएका हुन् । 

सभापति देउवाले मंगलबार र बिहीबार (आज) दुई महामन्त्रीको प्रतिवेदनका विषयमा उपसभापति र महामन्त्रीसँग छलफल गरेका थिए । दुई दिनको बैठकमा सहमति जुट्न सकेको छैन । 

छलफलमा चुनावी तालमेल नगर्ने, एक्जिट पोलिसी र महाधिवेशनको कार्यतालिकामा सहमति जुताउन प्रयास भएपनि सहमति हुन सकेन । दुई महामन्त्री पछि नहटेपछि छलफल विना निष्कर्ष टुंगिएको छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise