काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको हो ।
आजको बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव सहभागी छन् ।