२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

योगेश भट्टराई हतियार तस्कर हुन् : माओवादी 

ADV
मध्यान्ह
२०८१ भदौ १३ गते १४:५१
योगेश भट्टराई हतियार तस्कर हुन् : माओवादी 

काठमाडौँ : नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामाले एमालेका सचिव योगेश भट्टराईले जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गरेको आरोप लगाएका छन् । 

उनले प्रतिनिधि सभाको बैठकमा बोल्दै आफैँ हिंसा गर्ने नाइकेले जनयुद्धलाई हिंसा भन्नु गैर जिम्मेवारी भएको टिप्पणी गरे ।

उनले भने, ‘०५२ सालको सशस्त्र जनयुद्ध एकात्मक शासन व्यवस्थाको विरुद्ध लडेको मुक्ति युद्ध र जनताको आवाज हुन् । जो जनमुक्ति र वर्गमुक्तको बिगुल प्रचण्डको नेतृत्वमा फुकिएको हो । तर, जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गर्ने, आफैँ हिंसा गर्ने नाइकेले जनयुद्धलाई हिंसा भन्नु गैर जिम्मेवारी हो ।’

यस्तै अर्का सांसद छिरिङलामू लामा तामाङले त सांसद भट्टराई हतियार तस्करीमा संलग्न भएको आरोप छ नि भन्दै छानबिन गर्न माग गरिन् । 

‘एमालेबाट प्रतिनिधित्व गरेर संसद्को मान पनि नराखी पटक-पटक यो व्यवस्था निर्माण गर्न जनयुद्ध लडेको माओवादीलाई अपमान गरियो । यस्तो रवैयाले देशलाई अर्को द्वन्द्धमा लाने भित्री मनसाय प्रकट भएको हो कि‚’ उनले भनिन्‚ ‘उहाँको विषयमा कन्ट्रोभर्सी छ । उहाँ मन्त्री हुँदा नारायणहिटीको बतास काण्ड होस् वा केही समयअघि एक जना माननीयज्यूले जनयुद्धमा हतियार खरिद बिक्री र ओसारपसारको आरोप लगाएको कुरा होस् । यसमा छानबिन होस् ।’

हिजो प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा भट्टराईले माओवादीको १० वर्षे हिंसा भनेपछि सदनमा आरोप प्रत्यारोप चलेको थियो ।


 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise