२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

कारोबार रकमसँगै घट्यो नेप्से परिसूचक

Nada
२०८१ भदौ १३ गते १५:१४
Shares
कारोबार रकमसँगै घट्यो नेप्से परिसूचक

काठमाडौंः बिहीबार नेप्से परिसूचक उच्च अंकले घटेको छ । आज शेयर बजार ३६.८३ अंकले घटेर २,७४९ को विन्दुमा कायम भएको छ । आज ४८ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने एक सय १९३ कम्पनीको शेयर मूल्य घटेको छ । दुई कम्पनीको शेयर मूल्य स्थिर छ । योसँगै एक कम्पनीको शेयर मूल्य भने १० प्रतिशतले बढेको छ । आज कुथेली बुखरी हाइड्रोपावरको शेयर मूल्य  १० प्रतिशतका दरले बढेको हो । 

ncell

यसैगरी आज नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार २२६ कम्पनीको तीन करोड ५० लाख सात हजार ३९ कित्ता शेयर एक लाख ६८ हजार एक सय ७५ पटक खरिदबिक्री हुँदा १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार तीन सय ९३ बराबरको कारोबार भएको थियो भने आज कारोबार समय भरिमा ३२२ कम्पनीको २ करोड ८३ लाख ४६ हजार २४६ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब २४ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३७ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

ताजा खबर

सम्बन्धित खबर