२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

एमाले सचिवालय बैठकमा वार्षिक कार्ययोजनामाथि छलफल

ADV
मध्यान्ह
२०८१ भदौ १३ गते १९:३०
एमाले सचिवालय बैठकमा वार्षिक कार्ययोजनामाथि छलफल

काठमाडौं : नेकपा एमालेले पार्टीको नयाँ वार्षिक कार्ययोजना तयार पारेको छ ।

आज ललितपुर, च्यासलस्थिति पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले पार्टीको यस आर्थिक वर्षका लागि तयार गरिएको नयाँ वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल शुरु गरिएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

आजको बैठकमा सचिवालय सदस्यले मस्यौदामाथि सुझाव दिए । उनले मस्यौदालाई आगामी बस्ने पोलिटब्युरो बैठकले अन्तिम रुप दिने बताए ।  उनका अनुसार पोलिटब्युरो बैठक यही भदौ १८ र १९ गते पोलिटब्युरो बैठक केन्द्रीय कार्यालयमा राखिएको छ ।

कार्ययोजनामा प्रचार कार्यलाई थप प्रभावकारी बनाउने, कमिटीलाई बजेट बनाएर कामलाई अगाडि बढाउने, सदस्यता विस्तार गर्ने, नवीकरणको कामलाई प्रभावकारी बनाइने, बाँकी रहेका जिल्ला र पालिका अधिवेशनलाई व्यवस्थित गर्ने कुरा उल्लेख गरिएका छन् ।

पार्टी प्रवेश र जिम्मेवारीविहीन भएका नेता तथा कार्यकर्तालाई तीन महिनाभित्र जिम्मेवारी दिइने कार्ययोजनामा उल्लेख गरिएको उपमहासचिव ज्ञवालीले बताउनुभयो । हरेक कमिटीले नेता तथा कार्यकर्ताको मूल्यांकन गर्ने कुरा समेटिएको छ ।

कार्ययोजनामा केन्द्रमा एउटा स्थायी रुपमा पार्टी स्कुल र प्रदेश तहमा सात वटा स्थायी स्कुल राख्ने उल्लेख छ । सबै पार्टी सदस्यले वर्षको एकपटक अनिवार्य रुपमा पार्टी स्कुलबाट दीक्षित हुनेगरी ढाँचा तयार गरिएको उनले बताए ।

बैठकले पार्टी स्थापना ७५ वर्ष पूरा गरेको अवसरमा बाँकी रहेका कुरालाई पनि वार्षिक कार्ययोजनामा समेटिएको छ ।

पार्टीको इतिहास, आन्दोलनका विभिन्न घटनाको अभिलेख लेख्ने र पुस्तक पार्टीको सेल्टर प्रकाशन गर्नेजस्ता कुरा कार्ययोजनामा समेटिएका छन् । बैठकले पार्टीको आयोजनामा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । यस्तै बैठकले पार्टीका पूर्वउपाध्यक्ष सुभाषचन्द्र नेम्वाङको प्रथम स्मृतिमा भदौ २६ गते मनाउने निर्णय गरेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise