२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

खल्तीले ल्यायो ‘कार सुरक्षा योजना’

Nada
२०८१ भदौ १३ गते २१:४६
Shares
खल्तीले ल्यायो ‘कार सुरक्षा योजना’

काठमाडौं : डिजिटल वालेट ‘खल्ती’ले राजधानीमा जारी नाडा अटो शोको अवसरमा ‘कार सुरक्षा’ नामक आफ्नो नयाँ सुरक्षा प्याकेज सार्वजनिक गरेको छ । विभिन्न कारसम्बन्धी सेवा सुविधाहरु प्रदान गर्ने यस प्याकेजका लागि वार्षिक ९९९ रुपैयाँ मात्र शुल्क लाग्ने छ । प्रयोगकर्ताहरुले २० हजार रुपैयाँभन्दा बढीको आफ्नो कारसम्बन्धी सेवाका साथै खल्तीका थप आकर्षक सुविधाहरुको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

ncell

सवारीसम्बन्धी विभिन्न सामग्रीहरुका साथ निःशुल्क ब्लुबुक नवीकरण सेवा, निःशुल्क हरियो स्टिकर सेवा, आपतकालीन रोड साइड सहायता र नवीकरणका कागजात डेलिभरी समावेश भएको ‘कार सुरक्षा’ सब्स्क्राइब गर्दा प्रयोगकर्ताहरुले विभिन्न सवारीसाधन सेवा प्रदायकहरुमा ५० प्रतिशतसम्मको छुट पनि प्राप्त गर्न सक्नेछन् । उक्त सेवा प्रदायकहरुमा कार मर्मत सेवा, कार डिटेलिङ, कार धुने सेवा, टायरसम्बन्धी सेवादेखि लिएर ड्राइभर र सवारीसाधन भाडामा लिने सेवाहरु सम्ममा छुटहरु उपलब्ध सक्ने कम्पनीले जनाएको छ ।

खल्तीबाट आफ्नो सवारीको इन्स्योरेन्स गर्ने प्रयोगकर्ताहरुका लागि कार सुरक्षा निःशुल्क रहेको समेत खल्तीले जनाएको छ । खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘खल्ती ब्लुबुक नवीकरण सेवामा ग्राहकहरुको उत्साहलाई मध्यनजर गर्दै सवारीको मर्मतसम्भारमा रहेको आर्थिक भारको चुनौतीलाई कम गर्ने उद्देश्यका साथ खल्तीले ‘कार सुरक्षा’ नामक बजेट फ्रेन्ड्ली प्याकेज उपलब्ध गराएको छ ।’

खल्तीले ‘खल्ती सुरक्षा’ र ‘खल्ती सुरक्षा प्लस’ नामक स्वास्थ्य सेवा सब्स्क्रिप्सन प्याकेजसमेत उपलब्ध गराउँदै आइरहेको छ । सो प्याकेजमा खल्तीले ५ लाख ३० हजार रुपैयाँसम्मको स्वास्थ्य र दुर्घटना घटना बीमाका साथै एक लाख ५० हजार रुपैयाँसम्मको विभिन्न स्वास्थ्य सेवा प्रदायकहरुमा छुट उपलब्ध गराइरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर