२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

सिटिजन्स बैंक र श्री एयरलाइन्सबीच छुट सम्झौता

ADV
मध्यान्ह
२०८१ भदौ १३ गते २१:५१
सिटिजन्स बैंक र श्री एयरलाइन्सबीच छुट सम्झौता

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र श्री एयरलाइन्स बीच सिटिजन्स बैंकका ग्राहकहरुलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरुले श्री एयरलाइन्समा टिकट खरिद गर्दा एकमुस्ट पाँच सय रुपैयाँ छुट पाउनेछन् । 

सो छुट श्री एयरलाइन्सको सबै कार्यालयको काउन्टरबाट मात्र प्राप्त हुने विज्ञप्तिमा उल्लेख छ । यो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise