२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

मेरा लागि अध्यक्ष पद ठूलो हो भन्ने लाग्दैन : प्रचण्ड

ADV
कुलेन्द्र शाही
२०८१ भदौ १४ गते ११:३६
मेरा लागि अध्यक्ष पद ठूलो हो भन्ने लाग्दैन : प्रचण्ड

सुर्खेत : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्ना लागि अध्यक्ष पद त्यति ठूलो नभएको बताएका छन् । शुक्रबार प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आएका उनले आफू ७० वर्ष कट्न लागेको बताउँदै अध्यक्ष पद त्यति ठूलो नभएको बताए ।

‘म ७० वर्ष पुग्दै छु, सधैं नेतृत्वमा बसिरहनुपर्छ भन्ने छैन, मलाई अध्यक्ष पद त्यति ठूलो पनि लाग्दैन,’ उनले भने, ‘प्रचण्ड अध्यक्षभन्दा माथि भइसक्यो । एउटा राम्रो टिम बनेपछि म अर्को भूमिकामा जाने सोचिरहेको छु ।’ 

उनले माओवादी पार्टी नफुट्ने पनि दाबी गरे । ‘पार्टी फुटको विषयमा एकथरी मान्छेले भ्रम डिजाइन गर्दै आएका थिए । त्यो गलत भएको पुष्टि भइसकेको छ,’ अध्यक्ष प्रचण्डले भने ।

पार्टी भित्र कुनै आन्तरिक विवाद नरहेको र भएका साना मसिना विवाद पनि समाधान भएको उनको जिकिर छ । भ्रष्टाचारीलाई जोगाउनकै लागि सरकार परिवर्तन भएको र सो तथ्य पुष्टि हुँदै गएको दाबी गर्दै उनले गलत कार्य गर्नेलाई माओवादी केन्द्रले नछोड्ने चेतावनी दिए । उनले भने, ‘मैले पहिलेदेखि नै भन्दै आएको छु, सरकारले दुईतिहाइको दम्भ देखाइरहे सडकमा आउछौं ।’

एमाले सांसदहरुले सदनमै हिंसा शब्द प्रयोग गर्नुलाई जायज मान्न नसकिने भन्दै उनले संविधानमा नै जनयुद्ध शब्द प्रयोग भएको बताए । माओवादीले सरकारबाट बाहिर रहेका बेला पनि देशको जटिल परिस्थिति सुधार्न सकारात्मक भूमिका खेलिरहेको उनले बताए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise