२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

आयल निगम महेन्द्रनगर इन्धन डिपोमा एक जनाको हत्या, एक जना पक्राउ

ADV
मध्यान्ह
२०८१ भदौ १४ गते ११:४९
आयल निगम महेन्द्रनगर इन्धन डिपोमा एक जनाको हत्या, एक जना पक्राउ

काठमाडौं : नेपाल आयल निगम, धनुषा महेन्द्रनगर इन्धन डिपोमा कार्यरत कर्मचारी राकेश कुमार वर्माको हत्या भएको छ ।

सिरहा नगरपालिका ३ मखनाहाका ४० वर्षीय राकेश डिपोका करारका कर्मचारी हुन् ।

आयल निगमको एउटा कोठामा वादविवादको क्रममा उनको हत्या भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

त्यहीँ कार्यरत अर्का कर्मचारी प्रकाश यादवले बेल्चाले हानेर राकेशको हत्या गरेको प्रहरीले जनाएको छ । यादव धनुषाको सबैला नगरपालिका १० का हुन् । हत्यामा संलग्न प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise