२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

कोशीमा सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी

ADV
मध्यान्ह
२०८१ भदौ १४ गते १२:०७
कोशीमा सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी

काठमाडौँ : नेकपा माओवादी केन्द्रले काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

शुक्रबार प्रदेशसभा बैठकअघि सरकारलाई दिएकाे समर्थन फिर्ता लिने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

काेशीमा १७ असारमा कांग्रेस एमालेबीच सत्ता समीकरण बनेपछि माओवादी केन्द्रले ११ साउनमा सरकार छाडेपनि समर्थन फिर्ता लिएको छैन ।

कोशीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार छ । 

माओवादी सांसदहरूको  समर्थनमा गत वैशाख २७ गते संविधानको धारा १६८ (५) अनुसार गठन भएको उक्त सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise