२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छ : राजेन्द्र लिङ्देन

draupadi film
मध्यान्ह
२०८१ भदौ १४ गते १३:१३
आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छ : राजेन्द्र लिङ्देन

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा पार्टी पहिलो पार्टी बन्ने विश्वास व्यक्त गरेका छन् । केन्द्रीय सल्लाहकार समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले नेता कार्यकर्तालाई निराशाको कुरा छाडेर पार्टी निर्माणमा लाग्न निर्देशन दिए ।

राप्रपालाई अझै मजबुत ढंगले अगाडि बढाउनुपर्ने उल्लेख गर्दै अहिले देखिएका सबै विसंगति र विकृत्तिविरुद्ध सडकमा समेत जाने बताए ।

उनले अब जनताले भोट दिन बाँकी पार्टी राप्रपा बाहेक कोही नभएको जिकिर गरे । अहिले प्रतिनिधिसभाको दुई ठूला दल मिलेर सरकार बनाएपनि अपेक्षाअनुसारको काम गर्न नसकेको दाबी गरे । सरकार निरंकुश बन्दै दुई दलीय व्यवस्थातिर देशलाई लैजान खोजिरहेको आशंका व्यक्त गरे ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise