२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

जसपा नेपालको बन्द सत्र सुरु

ADV
मध्यान्ह
२०८१ जेठ २९ गते १०:३२
जसपा नेपालको बन्द सत्र सुरु

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालको बन्द सत्र सुरु भएको छ । मंगलबार बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि डेढ घण्टा ढिलो जसपाको बन्द सत्र सुरु भएको हो । 

बन्द सत्रमा राजनीतिक प्रस्तावको प्रतिवेदन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नेछन् । त्यसपछि विभिन्न समूह उक्त प्रस्तावबारे छलफल चलाइने जसपा प्रवक्ता मनिष सुमनले जनाए । उनका अनुसार अध्यक्ष यादवको प्रस्तावमाथिको छलफल सकेपछि लेखापरीक्षणको प्रस्ताव पेस गरिनेछ । लेखा समितिका अध्यक्ष अमरेश नारायण झाले उक्त प्रस्ताव पेस गर्ने प्रवक्ता सुमनले बताए । 

पार्टी विधान अनुसार अध्यक्ष मण्डल गठन गरेर बन्द सत्र सुरु गर्नुपर्ने भएको हुनाले प्रतिनिधिहरूले ५ सदस्यीय  अध्यक्ष मण्डल गठन गरेका थिए ।
५ सदस्यीय अध्यक्ष मण्डलमा लालबाबु राउत, मृगेन्द्रा सिह, लिला सिटौला, रकम चेम्जोङ छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise