२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

नाडा अटो शो मा ट्राइम्फका १५० भन्दा बढी मोटरसाइकल बुकिङ

ADV
मध्यान्ह
२०८१ भदौ १४ गते २२:१४
नाडा अटो शो मा ट्राइम्फका १५० भन्दा बढी मोटरसाइकल बुकिङ

काठमाडौं : यस वर्षको नाडा अटो शो २०२४ मा ट्राइम्फ मोटरसाइकलले उल्लेखनीय उपलब्धि हासिल गरेको छ । १५० भन्दा बढी संख्यामा भएको मोटरसाइकल बुकिङले ट्राइम्फको नेपाली बजारमा रहेको आफ्नो उपस्थितिलाई झल्काएको छ ।

नेपालमा ट्राइम्फ मोटरसाइकलको आयात नेपाली अटोमोटिभ क्षेत्रको अग्रणी नाम, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले गरिरहेको छ । कम्पनीको ट्राइम्फसँगको साझेदारीले नेपाली ग्राहकहरुलाई ट्राइम्फका मोटरसाइकलहरुमा पहुँच सुनिश्चित गरेको छ । ट्राइम्फ ब्राण्ड विशिष्ट डिजाइन, इन्जिनियरिङ उत्कृष्टता र बेजोड पर्फर्मेन्सका लागि परिचित छ ।

यस नाडा अटो शोमा ट्राइम्फका नयाँ स्क्रेम्बलर ४०० एक्स र स्पीड ४०० सार्वजनिक गरिएको छ । मोटरसाइकल प्रेमीहरुको उत्साहजनक प्रतिक्रिया र अत्याधिक बुकिङ संख्याले नै ट्राइम्फको लोकप्रियताले ग्राहकको विभिन्न आवश्यकताहरु पूरा गर्ने तथा उच्च स्तरका मोटरसाइकलहरु प्रदान गर्ने ब्रान्डको प्रतिबद्धतालाई प्रस्ट बनाएको कम्पनीले जनाएको छ । 

गोल्छा ग्रुपका डाइरेक्टर, अभिमन्यु गोल्छाले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘यस उपलब्धीले हामीलाई निकै गर्वित बनाएको छ, नाडा अटो शोमा पाएको अतुलनीय प्रतिक्रिया र १५० युनिट बुकिब पुग्नुले मोटरसाइकल उत्साहीहरुको ट्राइम्फ ब्रान्ड प्रतिको विश्वासलाई झल्काएको छ, यो सफलताले हामीलाई हाम्रा ग्राहकहरुलाई झनै असाधारण उत्पादन र सेवाहरु प्रदान गर्न उत्प्रेरित गरेको छ ।’

ट्राइम्फको मोटरसाइकलको आक्रामक बुकिङले बाइकिब समुदायको ध्यान खिच्न सफल भएको छ । नेपालमा उत्कृष्ट मोटरसाइकल उपलब्ध गराउन तथा आफ्ना ग्राहकहरुका लागि असाधारण सवारी अनुभव प्रदान गर्न कम्पनी समर्पित रहेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise