२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

गण्डकीमा मन्त्रिपरिषद् विस्तार हुँदै,देवकोटा र मनाङे मन्त्री बन्ने

ADV
मध्यान्ह
२०८१ जेठ २९ गते ११:१८
गण्डकीमा मन्त्रिपरिषद् विस्तार हुँदै,देवकोटा र मनाङे मन्त्री  बन्ने

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । माओवादीबाट चुनाव चिन्ह लिएर जितेका नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’लाई मन्त्री बनाउने मुख्यमन्त्रीको तयारी छ ।

माओवादी चुनाव चिन्हबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ह्वीप जारी भएपनि पाण्डेलाई विश्वासको मत दिएका थिए । देवकोटाले फ्लोर क्रस गरेको भन्दै माओवादीले कारबाही गर्ने बताएको छ । नेपाल समाजवादी पार्टीले भने देवकोटालाई कारवाही गर्न नमिल्ने जनाएको छ ।

सर्वोच्चको परमादेशमा जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले आजै मन्त्रिपरिषद बिस्तार गरि आज दिउँसो ३ बजे नीति तथा कार्यक्रम ल्याउने तयारी गरेका छन् । सरकारलाई विश्वासको मत दिएको राप्रपा भने सरकारमा सहभागी नहुने भएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise