२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

संसदमा असार ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

ADV
मध्यान्ह
२०८१ जेठ २९ गते ११:४८
संसदमा असार ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

काठमाडौँ । आगामी असार ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

संघीय संसद सचिवालयले हालै सार्वजनिक गरेको संसदीय क्यालेन्डरमा असार ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

प्रतिनिधि सभा नियमावली २०७९ परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रमको व्यवस्था छ । जहाँ प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने  गर्नुपर्नेछ । 

जेठ महिनामा भने प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन सकेको थिएन ।

ADVADV

सम्बन्धित खबर

Advertise