२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

ADV
मध्यान्ह
२०८१ भदौ १५ गते २१:३९
पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं : सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगमले आज राति १२ बजेपछि लागू हुने गरी मूल्य घटाएको हो ।

निगमले पेट्रोलमा प्रति लिटिर दुई रुपैयाँ र डिजेल तथा मट्टितेलमा एक रुपैयाँ मूल्य घटाएको छ । नयाँ मूल्य अनुसार अब काठमाडौंमा पेट्रोलको प्रतिलिटर १६३ र डिजेल तथा मट्टितेलको प्रतिलिटर १५४ रुपैयाँ पर्ने भएको छ ।

यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फ पाँच रुपैयाँ प्रति लिटर र  अन्तर्राष्ट्रियतर्फ प्रति किलो लिटर ३७ अमेरिकी डलर मूल्य घटाइएको छ । 

एलपी ग्याँसको खरिद मूल्यमा प्रति सिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भएपनि हाललाई मूल्य यथावत राखेको निगमले जनाएको छ ।

 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise