२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

तीज मेलामा महिला उद्यमीका सामग्री प्रवर्द्धन

ADV
मध्यान्ह
२०८१ भदौ १६ गते १४:४१
तीज मेलामा महिला उद्यमीका सामग्री प्रवर्द्धन

बाँकेः नेपालगञ्जमा आयोजित सिद्धार्थ तीज मेलामा महिला उद्यमीले उत्पादन गरेका सामग्रीको किनबेच भएको छ । यही भदौ १४ गतेदेखि १६ गतेसम्म आयोजित मेलाले महिला उद्यमीद्वारा उत्पादित वस्तु र उपभोक्तासँग प्रत्यक्षरुपमा परिचित गराउनुका साथै बिक्री वितरणमा सहयोग पुगेको नेपालगञ्जकी महिला उद्यमी रचना श्रेष्ठले बताए । 

‘प्रचारप्रसारको अभावमा कैयौँ महिला उद्यमीले उत्पादन गरेका सामग्रीले बजार पाउन सकेका छैनन्’, श्रेष्ठले भने, ‘यो तीज मेलाले केही हदसम्म महिलाले उत्पादन गरेका सामग्रीको बजारीकरण र प्रचारप्रसार गर्नुका साथै महिला उद्यमीमा उत्साह थपेको छ ।’

मेलामा निःशुल्क प्रवेश तथा अवोलकन, तीज विशेष हस्तकला, बुटिक र मेहेन्दीका स्टल, पाल्पाको चर्चित बटुक तथा चुकाउनीसहित अन्य स्थानीय परिकार राखिएको छ । तीजको अवसरमा महिलाले उत्पादन गरेका सामग्रीको बजारीकरण र प्रचारप्रसार गरेर महिला उद्यमीमा उत्साह थप्ने उद्देश्यका साथ तीज मेला आयोजना गरिएको कार्यक्रम संयोजक दामोदर केसीले बताए ।

उद्यमशील महिलालाई प्रेरित गर्न, तीज गीतको माध्यमबाट महिलालाई उद्यमी बन्न सन्देश दिन र तीव पर्वको मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले तीनदिने मेलाको आयोजना गरिएको उनको भनाइ छ । मेलामा २० वटा प्रदर्शनी कक्षमध्ये १४ वटामा महिला उद्यमीले उत्पादन गरेका उत्पादन राखिएका छन् । महिला उद्यमीद्वारा उत्पादित वस्तुको प्रचारप्रसार र प्रवर्द्धन गर्दै महिला उद्यमीबीच स्वस्थ प्रतिस्पर्धात्मक वातावरण सृजना गरी लगानी आकर्षित गर्ने अपेक्षा गरिएको केसीले बताए । 

दिउँसो २ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुने मेलामा मनोरञ्जनात्मक, सांस्कृतिक नृत्य तथा गीत सङ्गीत प्रस्तुत हुने गरेको कार्यक्रम संयोजक केसीले बताए । बाँकेमा विगत १८ वर्षदेखि महिला उद्यमी सङ्घका नाममा महिला उद्यमी सङ्गठित हुँदै आएका छन् । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise