२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

नेप्से परिसूचकमा ५३ अंकको गिरावट, कारोबार रकम साढे १० अर्बमा खुम्चियो

Nada
२०८१ भदौ १६ गते १५:३२
Shares
नेप्से परिसूचकमा ५३ अंकको गिरावट, कारोबार रकम साढे १० अर्बमा खुम्चियो

काठमाडौँ: यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा करिब दुई प्रतिशतको गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक ५३ दशमलव ६३ अंकले घटेर दुई हजार छ सय ९५ दशमलव ९३ को विन्दुमा कायम भएको हो । 

ncell

आज तीन सय ३७ कम्पनीको दुई करोड ६२ लाख ४६ हजार चार सय ३५ कित्ता शेयर एक लाख ३० हजार छ सय ३२ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार तीन सय ४९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

म्युचुअल फण्ड शून्य दशमलव ८० प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी वित्त समूह तीन दशमलव ४४, होटल तथा पर्यटन दुई दशमलव ९८ र बैंकिङ दुई दशमलव ३४ प्रतिशतले घटेको छ । त्यसैगरी, विकास बैंक एक दशमलव ८५, जलविद्युत् दुई दशमलव ४०, लगानी एक दशमलव ३३, जीवन बीमा एक दशमलव ४४, उत्पादन तथा प्रशोधन एक दशमलव ८०, लघुवित्त एक दशमलव ८८, निर्जीवन बीमा एक दशमलव २३, व्यापार शून्य दशमलव १९ र अन्य समूह एक दशमलव ०४ प्रतिशतले बढेको छ ।

आज सुपरमाई हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेड र माईखोला हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी गुडविल फाइनान्स लिमिटेडको रु ५२ करोड ३१ लाख १० हजार चार सय ९२ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सानिमा लार्ज क्याप फण्डको आठ लाख चार हजार आठ सय कित्ता शेयर कारोबार भएको छ ।

ताजा खबर

सम्बन्धित खबर