२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

प्रधानमन्त्रीको भारत भ्रमणबारे संसद्लाई जानकारी गराउन माग

ADV
मध्यान्ह
२०८१ जेठ २९ गते १२:५१
प्रधानमन्त्रीको भारत भ्रमणबारे संसद्लाई जानकारी गराउन माग

काठमाडौँ : नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारे संसद्लाई जानकारी गराउन माग गरेको छ ।

मंगलबार प्रतिनिधि सभामा बोल्दै एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई भारत भ्रमणका क्रममा भएका गतिविधि र भारतीय अधिकारीहरूसँग भएको भेट र त्यसक्रममा गरिएका कुराकानीबारे संसद्लाई जानकारी गराउन माग गरेका हुन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँदिल्ली गएका थिए । सोमबार नेपाल फर्किएका छन् ।

भारतमा रहँदा प्रधानमन्त्री ‘प्रचण्ड’ले भारतीय समकक्षी मोदी, राष्ट्रपति द्रौपदी मुर्मु, विदेशमन्त्री मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise