२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

देउवालाई विश्वप्रकाशको आग्रह- अब प्रधानमन्त्री नबन्नुस्, देउवाको जवाफ- तपाईंले भन्दैमा त्याग गर्ने ?

ADV
मध्यान्ह
२०८१ भदौ १६ गते १९:०५
देउवालाई विश्वप्रकाशको आग्रह- अब प्रधानमन्त्री नबन्नुस्, देउवाको जवाफ- तपाईंले भन्दैमा त्याग गर्ने ?

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब प्रधानमन्त्री नबन्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । 

कांग्रेसकाे केन्द्रीय समिति बैठकमा महामन्त्री शर्माले अब प्रधानमन्त्रीकाे लाेभ नगरी त्याग गर्न देउवालाई आग्रह गरेका हुन् । 

उनले एमालेसँगको ७ बुँदे समझदारी बमोजिम ०८३ असारसम्म ओली नेतृत्वको सरकारलाई सफल बनाउन कांग्रेसले सम्पूर्ण ध्यान लगाउनुपर्ने र एकताबद्ध रुपले साथ दिनुपर्ने बताए । तर त्यसपछि सभापति देउवालाई आफू प्रधानमन्त्री नबनेर आफ्नै पुस्ताका कोही नेतालाई बनाउन आग्रह गरे ।

शर्माले डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा. शशांक कोइराला, अर्जुनरसिंह केसीमध्येबाट प्रधानमन्त्री बनाउन देउवाले प्रस्ताव गर्न सक्ने विकल्प दिए ।

तर सभापति देउवा शर्माको सो प्रस्तावमा आक्रोशित भए । उनले कसैले भन्दैमा नछोड्ने बताउँदै भने, ‘तपाईंले भनेर मैले त्याग गर्ने हो ? मैले छाड्नेवाला छैन भनेपछि यस्तो कुरा गर्न मिल्छ ? अविश्वास प्रस्ताव ल्याएर हटाउनुस् ।’ 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise