२०८२ जेठ २३ गते शुक्रवार / Jun 06 , 2025 , Friday
२०८२ जेठ २३ गते शुक्रवार
Ads

सर्पदंशले किशोरीको मृत्यु

मनु यादव निरज
२०८१ भदौ १६ गते २०:५८
सर्पदंशले किशोरीको मृत्यु

लहान : सिरहामा सर्पदंशका कारण एक किशोरीको मृत्यु भएको छ । सखुवा नन्कारपट्टी गाउँपालिका–३ की २० वर्षीया सरिताकुमारी सदाको उपचारका क्रममा मृत्यु भएको हो । उनलाई शनिबार राति १२ बजे सुतेकै ठाउँमा गोमन सर्पले टोकेको थियो ।

सर्पले टोकेपछि उनलाई धामिझाँक्री लगाइएको थियो । झारफुकबाट निको नभएपछि अन्तिम अवस्थामा उनलाई लहानस्थित प्रादेशिक अस्पतालमा लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर