२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

मुक्तिनाथ कृषि कम्पनीले मनायो छैटौं वार्षिकोत्सव

ADV
मध्यान्ह
२०८१ भदौ १६ गते २१:२६
मुक्तिनाथ कृषि कम्पनीले मनायो छैटौं वार्षिकोत्सव

काठमाडौं : मुक्तिनाथ कृषि कम्पनीको छैटौं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ ।  काठमाडौंमा आयोजित वार्षिकोत्सव कार्यक्रमको अवसरमा कृषिमा लगानी दशक सफल बनाउन आवश्यक अध्ययनसहितको कार्यपत्र प्रस्तुत गरिएको थियो । ‘लगानी दशक सफल बनाउने जिम्मेवारी, सार्वजनिक निजी सहकारीको साझेदारी’ भन्ने नारासहित कृषिमा लगानी दशकको कार्यपत्र प्रस्तुत गरिएको थियो ।

कृषि उपजमा किसानले आफ्नो लगानीको प्रतिफल नपाउने गरेको, परिश्रमको मूल्यसमेत नपाउने लगायतका अवस्था सृजना भइरहेको अवस्थामा कृषि कम्पनीले कृषिमा लगानी दशक सफल बनाउन आवश्यक कार्यपत्र तयार गरेको कम्पनीले बताएको छ । खेतबारी चौतर्फी बाँझो रहेको अवस्थामा किसानको उत्पादन सिधै उपभोक्तामाझ पुर्‍याउने अभिलाषाका साथ छ वर्ष अघि स्थापना गरिएको कम्पनीले किसान र उपभोक्ता हितका लागि काम गर्ने लक्ष्य रहेको बताएको छ ।

सो अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रि रामनाथ अधिकारीले स्वदेशी उत्पादनलाई निर्यात गर्नेगरी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।उनले सरकार र किसान बीचको खाडल पूर्ण निजीक्षेत्रको सक्रियता आवश्यक रहेको बताए । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सरकार तयार रहेको समेत बताए । त्यसैगरी,राष्ट्रिय योजना आयोगका सदस्य जयबहादुर टन्डनले दिगो लक्ष्यहरु पूरा गर्न पनि कृषि क्षेत्रलाई अगाडि बढाउनुपर्ने बताए । मुलुकलाई समृद्धि र आत्मनिर्भर बनाउन कृषिजन्य क्षेत्रको विकास गर्नु अपरिहार्य रहेको उनले बताए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise