२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

इन्भेष्टमेण्ट मेगाको एपबाट पाँच लाखसम्म ऋण लिन सकिने

ADV
मध्यान्ह
२०८१ भदौ १६ गते २१:२७
इन्भेष्टमेण्ट मेगाको एपबाट पाँच लाखसम्म ऋण लिन सकिने

काठमाडौं : नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले मोबाइल बैंकिङ एपमार्फत् कर्जा सुविधा शुरु गरेको छ । बैंकको एनआईएमबी स्मार्ट एपमा एनआईएमबी स्मार्ट लोनको सुविधा शुरु गरिएको हो । उक्त सुविधाअन्तर्गत ग्राहकले बिनाधितो पाँच लाख रुपैयाँसम्म कर्जा पाउन सक्नेछन् । ग्राहकले एपमार्फत् बिनाकुनै धितो, कागजी प्रक्रिया वा बैंकमा उपस्थित नभई सजिलै कर्जा लिन सक्ने बैंकले जनाएको छ ।

बैंकले उक्त कर्जाको सहज भुक्तानीका निम्ति विभिन्न समयावधिमा आफ्नो कर्जा तिर्ने विकल्प समेत प्रदान गरेको छ । यसमा ग्राहकले एक महिनाभित्र वा बढीमा ३६ महिनासम्मकोे सरल किस्ताबन्दीका आधारमा पनि कर्जा भुक्तानी गर्न सक्नेछन् । साथै, आफ्नो कर्जा रकम चाहेको समयमा एकैचोटि तिर्न चाहने ग्राहकका निम्ति पूर्वभुक्तानीको समेत व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

ग्राहकले एनआईएमबी स्मार्ट एपमार्फत् इमेल प्रमाणीकरण गरी स्मार्टलोन रजिष्टर गर्न सक्नेछन् । ग्राहकलाई उनीहरुको आवश्यकता पूरा गर्ने थप सुविधाजनक र पहुँचयोग्य वित्तीय सहजता प्रदान गरेर मोबाइल प्लेटफर्ममार्फत् बैंकिङ क्षेत्रकै उच्चतम कर्जा रकमका साथ नयाँ स्वरुपमा एनआईएमबी स्मार्ट लोन अपग्रेड गरिएको बैंकका डिजिटल भुक्तानी विभाग प्रमुख विश्व सिंहले जानकारी दिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise